नेभिगेसन मेनु

गृह मन्त्रालय र शिक्षकबिच सुरक्षा केन्द्रित छलफल
सम्पादक:南亚网络电视
लेखक:गाेरखापत्र
समय:2023-09-21 12:40

dfgmndh

काठमाडौँ, असोज ४ गते । शिक्षक आन्दोलनको दोस्रो दिन सुरक्षासँग सम्बन्धित भएर गृहमन्त्री सहितको टोलीसँग शिक्षक सङ्गठनका प्रतिनिधिहरूले छलफल गरेका छन् । निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सरकारले बल प्रयोग गर्ने तयारीसँगै दुर्घटना हुन नदिन र संयमित भएर आन्दोलनका कार्यक्रम अगाडी बढाउन दुवै पक्षबिच छलफल भएको शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले जानकारी दिनुभयो । 

बुधवार देखि सुरु भएको आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्न समेत जिल्ला प्रशासन कार्यालयले शिक्षकहरूसँग अनुरोध गरेको छ । तर शिक्षकहरूले आज पनि बुधवारकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अध्यक्ष तुलाधरले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँले शिक्षक र सरकार बिच औपचारिक रूपमा कुनै पनि वार्ताको पहल नभएको आरोप लगाउनु भयो । सरकार प्रमुखसँग वार्ता गर्ने अडान राख्नै शिक्षकहरूले आन्दोलन निरन्तर अघि बढाउने बताउनुभयो । 

यता आज बिहान भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको छलफलमा तत्काल वार्ताबाट समाधान खोज्नु शिक्षकहरूलाई अनुरोध गर्नुभएको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर