नेभिगेसन मेनु

रङ्गशाला निर्माणमा ढिलाइ
सम्पादक:南亚网络电视
लेखक:गोरखापत्र
समय:2023-08-24 12:54

Untitled-1

सिन्धुपाल्चोक, भदौ ६ गते । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ काभे्रपलाञ्चोकमार्फत ठेक्का लागेको सिन्धुपाल्चोक चौतारा मिनी रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । 

२८ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २३ गते निर्माण कम्पनीसँग निर्माण सम्झौता भएको तीन वर्ष बित्दा बल्ल ३५ प्रतिशत मात्रै काम भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण रङ्गशाला निर्माणमा ढिलाइ भएको हो । 

सार्वजनिक निर्माण कार्यान्वयन एकाइ काभे्रपलाञ्चोकसँग सुनकोशी–गिरी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले उक्त रङ्गशाला २० करोड ९२ लाख २६ हजार ९०२ रुपियाँको लागतमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।

निर्माणको ३५ प्रतिशत काम हुँदा रङ्गशालाको डिजाइन पाँच पटक संशोधन भएका कारण मापदण्ड अनुरूप नभएको निर्माण कम्पनीले जनाएको छ । उक्त रङ्गशालाको उत्तर–पश्चिमतर्फ अहिलेसम्म जगसमेत हालिएको छैन । बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले निर्माण कम्पनीलाई एक वर्षभित्र रङ्गशाला निर्माण सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सरकारले पछिल्लो पटक दिएको म्यादभित्र रङ्गशाला निर्माण सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी उहाँले दिनुभएको छ ।

रङ्गशाला निर्माण कम्पनीका फिल्ड प्रतिनिधि शिव घलेले रङ्गशालाको डिजाइन र नक्सा बेला बेलामा परिवर्तन गर्ने, सम्पन्न भएको कामको भुक्तानी समयमा नदिने र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण निर्माणमा ढिलाइ भएको जिकिर गर्नुभयो । मन्त्री दुलालले समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताइए पनि अहिले निर्माण कम्पनीले रङ्गशालाको कुनै पनि काम अगाडि बढाएको छैन । निर्माण कार्य र सामग्री अलपत्र छाडेर निर्माण कम्पनी सम्पर्कबाहिर छन् ।

सार्वजनिक निर्माण कार्यान्वयन एकाइ काभे्रका प्रमुख बद्री पाठकले निर्माण कम्पनी काम छाडेर हिँडेको पाइएको र ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको बताउँदै काममा भएको ढिलाइका बारेमा निर्माण कम्पनीलाई स्पष्टीकरण माग गरिरहेको जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर