नेभिगेसन मेनु

आज देशभर माैसम सामान्य बदली रहने
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2023-09-10 12:59

weather

काठमाडौँ,  भदौ २४ गते ।  हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर छ । पूर्वी भूभाग सरदर स्थानको दक्षिणतिर छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा पानी परिरहेको छ । उक्त वर्षा हल्कादेखि मध्यम खालको छ । 

यसैगरी आज रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाडौँमा आज दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर