
काठमाडौँ, असार २८ गते । नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक भव्य समारोहबिच शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो ।
फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्ने छन् । फिल्म घोषणा कार्यक्रमलाई फरक शैलीमा प्रस्तुत गरिएको थियो । अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको परिचय गराइएको थियो । ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो ।











