
बर्दीबास, असार ३ गते । बर्दीबास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ११ करोड ६९ हजार पाँच सय रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । यो पाँचबर्से कार्यकालको अन्तिम नगर सभा भएकाले यस पटकको प्रस्तावित बजेटमा आगामी स्थानीय तह निर्वाचनको स्पष्ट चुनावी छनक पाइएको छ ।
नगरपालिकाको अठारौँ नगर सभामा नगर मङ्गलबार उपप्रमुख तारादेवी महतोले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरप्रमुख क्षेत्रीले बालविवाह न्यूनीकरणका लागि आगामी आव २०८३/८४ देखि २० वर्ष उमेर पूरा गरी विवाह गर्ने नगरक्षेत्रका छोरीहरूलाई प्रोत्साहनस्वरूप ५१ हजार प्रदान गरिने भएको छ ।
यो बजेट चालु आव २०८२÷८३ सालको तुलनामा ११ करोड ३९ लाख ४० हजार रुपियाँले कम छ । चालु आवमा आन्तरिक राजस्व सङ्कलन निराशाजनक रहेकाले त्यस्को प्रभाव नीति कार्यव्रmम तथा बजेट बाँडफाँटमा परेको छ । प्रस्तुत बजेट अनुसार आगामी आवमा आन्तरिक आयबाट २० करोड १५ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । यसै गरी सङ्घीय सरकारबाट विभिन्न शीर्षकमा ८६ करोड ४० लाख रुपियाँ र प्रदेश सरकारबाट चार करोड ४५ लाख रुपियाँ आय हुने अनुमान गरिएको छ ।
नगरपालिकाको कुल विनियोजनमध्ये कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि चालु र पुँजीगत गरी २४ करोड ३१ लाख रुपियाँ प्रस्ताव गरिएको छ । गएको नगर सभाले कृषिलाई पहिलो प्राथमिकतामा राखेकोमा यस पटकको १८ औँ नगर सभाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको छ । स्वास्थ्य बजेटतर्फ कर्मचारी तलबभत्ता, स्वास्थ्य उपकरण र औषधी खरिदसमेतका लागि कुल छ करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ । दोस्रो प्राथमिकतामा परेको शिक्षा तथा युवा खेलकुद विकासका लागि दुई करोड ४० लाख तथा कृषि र पशुपन्छी क्षेत्रका लागि दुई करोड विनियोजन गरिएको छ । नगरपालिकाले विभिन्न विकासनिर्माण तथा सामाजिक क्षेत्रका लागि गरिएको बजेट बाँडफाँट अनुसार सडक कालोपत्रे, ढलान तथा स्तरोन्नति र निर्माणतर्फ तीन करोड विनियोजन गरिएको छ ।
बर्दीबासमा स्वच्छ खानेपानी आपूर्ति र फोहोरमैलाको दिगो व्यवस्थापनका लागि ९० लाख, सिँचाइका लागि ५० लाख, आन्तरिक पर्यटन प्रवर्धन गिद्ध संरक्षणकामा ४० लाख विनियोजन गरिएको छ । महिला बालबालिका एवं लक्षितवर्गको सशक्तीकरण एवं लैङ्गिक समावेशीकरणका लागि ७५ लाख ७० हजार विनियोजन गरिएको छ । नगर सभालाई सम्बोधन गर्दै मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा थापाले पर्यटन, पारवहन तथा पुराताìिवक महìव बोकेको बर्दीबासको समृद्धिका लागि सबैको सहयोग, सकारात्मक भूमिका र योगदान महìवपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । नगरप्रमुख प्रह्लाद क्षेत्रीले आव २०८३/८४ का लागि १२ बुँदे नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै यसले नगरको सर्वाङ्गीण विकासमा सही दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।










