नेभिगेसन मेनु

कोशीमा तटबन्ध निर्माण गरिँदै
सम्पादक:南亚网络电视
समय:2023-05-22 16:22

Untitled-1 (8)

अघिल्लो वर्ष सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरे खोंचस्थित डुम्रीबोटे क्षेत्रमा (बिग बोल्डर) अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नियन्त्रणको काम सुरु भएको छ। 

कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको सो स्थानमा तत्काल काम गर्नुपर्ने भएकाले जलस्रोत तथा सिँचाइ विभागको करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत १७० मिटर लामो र तीन मिटर उचाइ भएको बिग बोल्डर स्लोप निर्माण गर्न थालिएको कोशी तथा बक्राहा नदी व्यवस्थापन कार्यालय विराटनगरका आयोजना प्रमुख चक्रविक्रम  सिंहले बताउनुभयो।

गत वर्ष गाउँतिर बाढी पसेको २३ दिनपछि कोशीमा पानीको बहाव घटेको मौका छोपी स्थानीय जनश्रमदानसहित बेलका नगरपालिकाको सहयोगमा करिब दुई सय मिटर लामो अस्थायी तटबन्ध निर्माण गरेर स्थानीय बासिन्दाले तत्कालका लागि कोशी थुन्न सफल भएका थिए। यो वर्ष भने कोशीको पानीभित्र पाँच मिटर चौडाइ र तीन मिटर उचाइका ठुलाठुला ढुङ्गा खसालेर बाँध बनाइएको हो। जसमा जमिनभन्दा माथि दुई मिटर उचाइ हुने र टपमा पाँच मिटर चौडाइ रहने गरी निर्माणको काम सुरु गरिएको आयोजना प्रमुख सिंहले बताउनुभयो।

तर स्थायी प्रकृतिको तटबन्घ नहुँदा यो वर्ष पनि बाढीको उच्च जोखिम कायमै रहेकाले करिब पाँच सय घरपरिवार पुनः विस्थापित हुन सक्ने भन्दै दुई सय किलोग्रामभन्दा बढी तौल भएका ढुङ्गा लगाएर कोशीको भेल रोक्न सक्ने खालको बाँध बनाउन लागिएको उपभोक्ता समितिका सचिव सन्देश कुलुङ राईले बताउनुभयो।

सप्तकोशीको बाढीबाट गत वर्ष बेलका नगरपालिका वडा नं. २, ३, ८, ९ र सुनसरीको वराह क्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडाका गरी करिब दुई हजार पाँच सय घर प्रभावित बनेकोमा पाँच सय परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको थियो। हाल निर्माण भइरहेको विपत् व्यवस्थापनसम्बन्धी काममा पनि स्थानीय केही व्यक्तिले राजनीतिक रङ दिएर योजनाको काममा अवरोध पु¥याएको अनुगमन समितिका सदस्य राज बान्तवाले बताउनुभयो।

वातावरण प्रभाव मूल्याङ्कन गरिएको स्थानीय कोठू खोलाबाट ढुङ्गा निकाल्न अवरोध गर्ने र टप्पु क्षेत्रका पीडित परिवारलाई बाढीको जोखिममा धकेलिरहने विकास विरोधी केही व्यक्तिले सर्वदलीय सहमतिका आधारमा गठन गरिएको उपभोक्ता समितिलाई सहज वातावरणमा काम गर्न नदिएको समितिका अध्यक्ष टेकबहादुर भट्टराईले बताउनुभयो। 

यसबाहेक सो क्षेत्रमा थप तटबन्ध निर्माण गरी कोशी कटानको जोखिमबाट स्थानीय टप्पुवासीको सुरक्षाका लागि २०८० साल वैशाख ३ गतेको नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयबाट दुई करोड बजेटको स्रोत सुनिश्चित भएकाले त्यसका लागि टेन्डर आह्वान गरिएको आयोजना प्रमुख सिंहले बताउनुभयो।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर