नेभिगेसन मेनु

भरतपुर उपमहानगरद्वारा प्रहरीलाई उद्दार सामग्री
सम्पादक:南亚网络电视
समय:2023-05-19 19:09

rahat-bharat

भरतपुर महानगरपालिकाले चितवन प्रहरीलाई खोज तथा उद्दार सामग्री हस्तान्तरण गरेको छ । वर्षाको समय शुरुआत पूर्व तयारीको लागि महानगरले खोज तथा उद्दारमा प्रयोग हुने २२ प्रकारको सामग्री एक कार्यक्रमबीच शुक्रबार हस्तान्तरण गरेको हो ।

महानगरले दिएको जानकारीअनुसार हस्तान्तरण गरिएका सामग्रीमा छ लाख ६६ हजार ३८३ रुपियाँमा खरिद गरिएका बाढी पहिरो र आगलागीजस्ता सम्भावित जोखिमका लागि प्रयोग हुने विभिन्न उपकरण, औजार र बन्दोबस्तीका सामग्री छन् ।

ती सामग्रीहरुको सूचीसहितको फाइल महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । लगत्तै सामग्री पनि महानगर प्रमुख दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्तरुपमा प्रहरीलाई प्रदान गर्नुभएको थियो ।

महानगर प्रमुख दाहालले भरतपुर विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेकाले खोज तथा उद्दार कार्यमा सहयोग पु¥याउन अति आवश्यक सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले उक्त अवसरमा भन्नुभयो, ‘भरतपुर आगलागी र बाढीको जोखिम क्षेत्रमा पर्दछ । यी सामग्रीको प्रयोगले यस्तो सम्भावित जोखिमको बेला उद्दार कार्यलाई केही हद भए पनि सहज हुनेछ ।’

भरतपुर महानगर क्षेत्रको सहरी क्षेत्र आगलागीको जोखिम क्षेत्रमा पर्दछ भने नारायणी र राप्ती नदी किनारको क्षेत्र बाढी र डुबान जोखिम क्षेत्रमा पर्दछ । त्यस्तै, महानगरको वडा नम्बर २९ पहिरोको जोखिम क्षेत्रमा पर्दछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर