नेभिगेसन मेनु

सिन्धुपाल्चोकै ठूलो खानेपानी आयोजना सम्पन्न
सम्पादक:南亚网络电视
समय:2023-05-15 16:43

basnet

सिन्धुपाल्चोकै सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएको छ । सिन्धुपाल्चोकै दुर्गम गाउँले चिनिने हेलम्बु गाउँपालिका –३ पाल्चोकमा सम्पन्न पाल्चोक खानेपानी आयोजनाले ५९९ वटा धारा निमार्ण गर्दै २४ सौं घण्टा पानी उपलब्ध गराएको छ ।

उक्त धाराको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नु भएको छ । काकाकूल पाल्चोकवासीलाई १० वर्ष अघिबाट स्थानीय अग्रज एवम् पत्रकार विष्णु खड्का, जिमी तामाङको विशेष सक्रियतामा उक्त स्थानमा घरघरमा धारा निमार्ण भएको हो । उहाँहरूकै पहलमा आयोजनाका लागि खानेपानी तथा सरसफाइ विकास कार्यालयले तीन करोड १८ लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो ।

पाँच किलोमिटर टाढा कुडुँले खोलाको पानीलाई प्रशोधन गरेर पाल्चोक गाउँका घरघरमा धारा बनाई स्वच्छ खानेपानी पुर्‍याएको उक्त खानेपानी आयोजनाका अध्यक्ष जिमी तामाङले जानकारी दिनुभयो । उक्त गाउँकी ६५ वर्षीया गृहिणी मैयाँ खड्काले बषौंदखि चरम खानेपानी समस्या भोग्दै आएको पीडा सम्झदैं घरघरमा धारा बनेर चौबिसे घण्टा पानी आउन थालेपछि हर्षको सीमा नरहेको बताउनुभयो । वर्षौँदेखि पाल्चोकवासी घण्टौँ समय लगाएर कुवामा पानी भर्न पुग्थे ।

भूकम्पले पानीको मुहान सुकाएपछि उक्त गाउँका स्थानीयहरू पानीकै लागि भौँतारिरहेका थिए । धाराको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य, शिक्षा, सडक लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने बताउनुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर