नेभिगेसन मेनु

लोकप्रिय बन्दै विधुतीय सवारी साधन
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-05-19 17:55

IMG_9643

युवा पुस्तामा बढ्दै गएको विधुतीय सवारी क्रेज। तस्बिर-एस ए टि भी

हालै प्रकासित एक अन्तरास्ट्रिय रिपोर्ट अनुसार यस वर्ष विधुतीय सवरी प्रयोग गर्ने देशहरु मध्ये नेपाल दोश्रो स्थानमा रहेको छ। नेपालमै बनेको पहिलो विधुतीय मोटर साइकल 'यात्री'ले पनि रजिस्ट्रेशन लाइसेन्स पाएको धेरै भएको छैन । थप नेपालका बाटोहरुमा पनि विधुतीय गाडिहरु प्रसस्तै गुड्न थालिसकेका छन्। समग्रमा भन्नू पर्दा नेपालमा विधुतीय सवरी साधनको माग बढ्दै गएको पाइन्छ।

IMG_9563

गैरीधारा स्थित विधुतीय स्कुटर सोरूमको उद्घाटन समारोह।तस्बिर-एस ए टि भी

नेपाली बजारमा विधुतीय सवारी साधनको बढ्दो मागलाइ मध्यनजर गर्दै नेपाल जायन्ट व्हिल भेइकल इन्डस्ट्री ग्रुप, जे.एल. ले आज गैरीधारामा आफ्नो इलेक्ट्रोनिक स्कुटर सोरुमको सफलतापुर्वक उद्घाटन गरेको छ। जे.एल. कम्पनिका प्रमुख हुआङ ल्याङले सोरुमको उद्घाटन गर्नु भएको हो। हरेक नेपाली वर्गलाई सुपथ मुल्यमा सवरी साधन बितरण गर्ने लक्ष्यले स्कुटर सोरुमको निर्माण गरिएको हो।

IMG_9498

 जे.एल. कम्पनिका प्रमुख हुआङ ल्याङ।तस्बिर-एस ए टि भी

२०१९ मा स्थापना भएको यस कम्पनीले भक्तपुरको साखुँ पालुबारी बाट विधुतीय दुई पाङ्ग्रे मोटरसाइकल, इलेक्ट्रिक ट्राइसाइकल र विधुतीय सवारी साधनहरूको आर एन्ड डी, उत्पादन र एसेम्बल गरि आफ्नो ग्रहाकहरु माझ बिक्रि बितरण गर्दै आएको छ। कम्पनिले आफ्नो ग्रहाक वर्ग र देशको आर्थिक समृद्धिलाई निहाल्दै १,४०,००० देखि २,५०,००० सम्मको मुल्यमा स्कुटर आउट्लेट बिक्रिमा लिएर आएको हो।

4

जे.एल. कम्पनिको व्यवस्थापक छवि गाेले।तस्बिर-एस ए टि भी

जे.एल. कम्पनिको म्यानेजर छवि घलेका अनुसार आज उद्घाटन गरे देखि एक महिना सम्म स्कुटरहरुमा भारी छुटको पनि व्यवस्था गरिएको छ। कम्पनिको संयोजन र निर्माण स्थल धेरै नै नजिक भएका कारण सवारी साधनहरु सस्तो र सुलभ मुल्यमा बिक्रि गर्न सम्भव भएको पनि उनले जानकारी गराएका छन्।

उद्घाटनमा हरेक उमेर समुहका ग्रहाकवर्ग र सोधपुछको लागि पाल्नुहुने महानुभावको बाक्लो उपस्थिती रहेको थियो भने सबै समुहले विधुतीय सवारी साधन प्रती रुचि देखाएका थिए।

 फोटो फिचर्स

IMG_9497

IMG_9632

2

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर