नेभिगेसन मेनु

मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु
सम्पादक:南亚网络电视
समय:2023-04-21 12:29

Untitled-1

वैशाख ८ गते । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने तथा जिल्लाबाट बाहिर जाने मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु भएको छ। 

क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण राजमार्गको अवस्था जीर्ण भएको र दुर्घटनाको जोखिम बढेपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु गरिएको हो। 

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भन्नुभयो, “बिहीबारदेखि काभ्रे जिल्लामा सञ्चालन हुने तथा जिल्लाबाट बाहिरिने मालवाहक सवारीसाधनको भारवहन जाँच्ने व्यवस्था मिलाएका हौँ, अब दैनिक रूपमा मालवाहक सवारीसाधनले जिल्लाको तीन स्थानमा भएको तौलपुलमा भारवहन जाँच गरेर लोड सिट लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।” 

राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनका कारण सडक बिग्रने गरेका र दुर्घटनाको जोखिम बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मालवाहक सवारीसाधनको वजनको निर्धारण र नियमन गरी सडक संरचनाको संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले ‘मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४’ (संशोधनसहित)समेत जारी गरेको थियो। 

काभ्रेपलाञ्चोक जिल्लाको बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ भकुन्डेबेँसी, अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ मा र बनेपा–पनौती सडक खण्डअन्तर्गत पनौती नगरपालिका–५ खड्पुमा निजी क्षेत्रबाट तौलपुल निर्माण गरिएको छ। जिल्लामा दैनिक करिब तीन हजारको हाराहारीमा टिप्परलगायतका मालवाहक सवारीसाधन उपत्यका जाने गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर