नेभिगेसन मेनु

अनुकूल मौसमपछि आरोहीहरु धौलागिरिको चुचुरोतर्फ
सम्पादक:南亚网络电视
समय:2023-05-11 13:05

dhaulagiri-base-camp

संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि आधारशिविरमा रोकिएका आरोहीहरु मौसममा सुधार आएसँगै चुचुरोतर्फ लागेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु करिब ४ हजार सातसय मिटर उचाईमा रहेको आधारशिविरमा तीन हप्ता रोकिएका थिए । 

म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्त ऋतुको यस सिजनमा २४ पुरुष र ११ जना महिलाले अनुमति लिएका छन् । 

‘‘आरोहणका लागि अनुकुल मौसमको प्रतिक्षामा लामो समय आरोहीहरु आधारशिविरमै रोकिनु प¥यो,’’ सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाई‌ले भन्नुभयो, ‘‘हिजो आज मौसममा सुधार देखिएकाले आरोहीहरु धौलागिरिको चुचुरोतर्फ लाग्नुभएको छ । अहिले करिब ६ हजार एकसय मिटरको उचाईमा रहेको क्याम्प २ मा पुग्नुभएको छ ।’’ 

मौसममा गडबढी नभए अबको ३ देखि ४ दिन भित्रमा हिमाल आरोहण हुने उहाँले जानकारी दिनुभयो । गुरागाईले दिएको जानकारी अनुसार आरोहीको समूहमा रहनुभएका स्पेनका ८३ वर्षीय कोलोर्स सोरिया पनि क्याम्प २ मा पुग्नुभएको छ । यो कार्लोसको १३ औं पटकको प्रयास हो । गत वर्ष १२ औं पटकको प्रयासमा कार्लोस ७ हजार मिटरको उचाईमा पुगेर फर्किनुभएको थियो । 

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशकयता १२ औं पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेको छैन । कार्लोसको आरोहण दलको नेतृत्व यसपटक मिङ तेम्बा शेर्पाले गर्नुभएको छ । यसपटक सेभेन समिटका तर्फबाट २६ जना आरोहीले धौलागिरि हिमाल आरोहण गर्दैछन् । 

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको  व्यवस्थापनमा आरोहीहरु धौलागिरि आरोहण गर्न लागेका हुन । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर