नेभिगेसन मेनु

रुप्से झरनामा रमाउँदै पर्यटक
सम्पादक:南亚网络电视
समय:2023-05-01 15:44

1

म्याग्दी, वैशाख १८ गते । अहिले हिउँद सकिएको छ भने वर्षायाम सुरु भइसकेको छैन। मौसम पनि खासै सोचेजस्तो छैन। यो समयमा बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने रुप्से झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ। 

रुप्से झरनाको पानी गहिरो अन्ध गल्छीमा पुगेर कालीगण्डकी नदीमा मिसिन्छ। आन्तरिक तथा बाह्य पर्यटक रुप्सेको मनमोहक दृश्य प्रत्यक्ष हेर्न लालायित हुने गर्छन्। 

पर्यटन व्यवसायी अन्नपूर्ण गाउँपालिका–१, दोवाका धनबहादुर पुनका अनुसार दायाँ अन्नपूर्ण र बायाँ धौलागिरि हिमालको बीचमा 

बग्ने पवित्र कालीगण्डकीको मनमोहक दृश्यमा पर्यटक भुल्ने गर्छन्।  

धरमपुर बचत तथा ऋण सहकारी शिवसताक्षी–१, झापाको टोली मुक्तिनाथ हुँदै कोरलासम्मको भ्रमणका लागि आएको थियो। टोलीले रुप्से झरनामा गाडी रोकेर फोटो खिच्ने र टिकटक पनि बनायो। सहकारीका व्यवस्थापक विनोद ढकालले भन्नुभयो, “झापाबाट सहकारीको भ्रमण टोली मुक्तिनाथसम्मको यात्रामा यसअघि दुई पटक आएका थियौँ। यस पटक भने हामी कोरला नाकासम्मै पुग्ने योजना छ।”

रुकुमका नारायण मगर पनि रुप्सेमा आइपुग्दा उत्साहित हुनुहुन्थ्यो। पहिलो दिन काठमाडौँबाट तातोपानी आएर बसेको उहाँको टोली दोस्रो दिन उपल्लो मुस्ताङतर्फ लागेर तेस्रो दिन रुप्से आइपुगेको थियो। मगर भन्नुहुन्छ, “जाँदा फोटो खिचिएन फर्कंदा त खिच्नै प¥यो भनेर यहाँ गाडी रोकेर तस्बिर खिच्न थालेका हौँ।”

चितवनको देवघाटमा अध्ययन गर्दै आउनुभएकी अश्लेषा पौडेल पनि आफ्नो बाबासँग रुप्से पुग्नुभयो। नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिलाको बिदाको सदुपयोग गर्न रुप्से पुग्दा आफू निकै उत्साहित भएको उहाँले बताउनुभयो। 

पछिल्लो समय सडकमा भएको स्तरोन्नतिसँगै मुक्तिनाथ तथा कोरला नाका भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भएको छ। केही समय विश्राम गर्ने र फोटो खिच्नका लागि रुप्से झरना उपयुक्त भएको व्यवसायी पुनको भनाइ छ। उहाँले भन्नुभयो, “छोटो समय विश्राम गर्न रुप्से क्षेत्र निकै उपयुक्त स्थान हो।” विश्वमै चर्चित र मनमोहक दृश्य अनि गहिरो गल्छीको पनि सङ्गमस्थल भएकाले यो ठाउँको उचित प्रचार नभएको उहाँको अनुभव छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर