नेभिगेसन मेनु

कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको चुचुरोमा
सम्पादक:南亚网络电视
समय:2023-04-16 12:31

SDVs

वैशाख ३ गते । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उहाँ सहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । राजकुमारी अल्थानीलाई आरोही गाइड निर्मल पुर्जा सहितको टोलीले आरोहणमा सहयोग गरेको थियो । 

नेपाली समय अनुसार शनिवार करिब ३ बजेतिर उहाँहरू अन्नपूर्णको शिखरमा पुग्न सफल हुनुभएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय तेज गुरुङले जानकारी दिनुभयो । ई-लाइट ट्रेकिङ कम्पनीले उहाँलाई स्थानीय एजेन्सीको रूपमा समन्वय गरेको थियो । 

शनिवार ४ बजेतिर अन्य दुई टोलीका ८ जना शेर्पा र ६ जना विदेशी गरी १४ जनाले आरोहण गरेका छन् । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादब्लम , मनास्लु, पाकिस्तानको केटु हिमालको आरोहण गरिसक्नु भएको छ ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नु भएको थियो । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि आठ वटा आरोहण दलबाट ५४ जना आरोहीले अनुमति लिएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर