नेभिगेसन मेनु

टाउको काटिएको अवस्थामा भारतीय युवाको शव फेला
सम्पादक:南亚网络电视
समय:2023-05-11 12:52

death

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ । 

हरिपूर्वा र सङ्ग्रामपुर बिचमा पर्ने हरिपूर्वा नगरपालिका १  पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढी सोनवर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ को टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधवार साँझ ५ बजेतिर बीभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको थियो । 

प्रत्यक्षदर्शीका अनुसार शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको छ । घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राख्यो । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ । भारतीय युवकको बीभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन् । 

घटनास्थलमा कुनै हतियार फेला परेको छैन । यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन । हरिपूर्वा नगरपालिका–१ का वडाध्यक्ष श्यामबाबु रायले बुधवार रातभर मृतकको शव रुङ्गेर बसेको प्रहरीले बिहीबार बिहानबाट थप अनुसन्धान थालेको बताउनुभएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर