नेभिगेसन मेनु

९ वर्षपछि भारतमा पाकिस्तानी उच्च राजनीतिक भ्रमण
सम्पादक:南亚网络电视
समय:2023-05-05 13:53

thumb (3)

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहिबार भारत भ्रमणमा आएका छन् । गोवामा आयोजित संघाई सहयोग संगठन (एससीओ) को विदेशमन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उनी यहाँ आएका हुन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ । नौ वर्षपछि भारतमा पाकिस्तानको उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो ।

पछिल्लो पटक २०१४ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन दिल्ली आएका थिए ।

दक्षिण एसियाका दुई देश भारत र पाकिस्तानबीच लामो समयदेखि तनावपूर्ण स्थिति छ । सोही कारण दुवै देशबाट एकआपसमा उच्चस्तरीय भ्रमण पनि अवरुद्ध भएका थिए ।

२०१९ मा कश्मीरको पुलवामा भएको हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसपछि भारतले पाकिस्तानभित्र गरेको सर्जिकल स्ट्राइकले दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । त्यसपछि भारतले जम्मु–कश्मीरबाट धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि दुवै देशका नेताले एकले अर्कालाई दुस्मनकै व्यवहार देखाइरहेका बेला पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमण अर्थपूर्ण मानिएको छ । यद्यपि दुई देशबीच द्विपक्षीय संवादको कुनै सम्भावना औंल्याइएको छैन । पाकिस्तानले पनि बहुपक्षीय बैठक भएकाले त्यसमा आफ्नो पक्ष राख्न विदेशमन्त्रीको भारत यात्रा भएको बताएको छ । स्वयं विदेशमन्त्री जर्दारीले ट्वीटमार्फत आफ्नो उपस्थितिले एससीओप्रति पाकिस्तानको बलियो प्रतिबद्धता दर्शाएको बताएका छन् ।

अंग्रेजको बहिर्गमनपछि सन् १९४७ यता दुई देशबीच तीन पटक युद्ध भइसकेको छ । आफ्नो देशमा हुने आतंकवादी हमलालाई लिएर भारतले सधैं पाकिस्तानलाई दोष दिने गरेको छ । दुई देशबीचको तनावकै कारण दक्षिण एसियाली सहयोग संगठन (सार्क) निष्क्रिय बन्न पुगेको छ ।

१९ औं सार्क शिखर सम्मेलन २०१६ मै पाकिस्तानमा हुनुपर्ने थियो । तर, भारतको आपत्तिका कारण बैठक रोकिएको छ । एससीओको बैठकमा भाग लिन चीन तथा रुसजस्ता शक्तिशाली मुलुकका विदेशमन्त्रीहरू पनि गोवा आएका छन् । भारतले अहिले एससीओको अध्यक्षता गरिरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर