नेभिगेसन मेनु

नयाँ वर्ष : पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड
सम्पादक:南亚网络电视
लेखक: रासस
समय:2023-04-14 14:42

pashupati

नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका खुला गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । 

मन्दिरमा अहिले पनि लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका छन् । भक्तजनलाई प्रहरी पहरा गण, सशस्त्र प्रहरी बल र प्रहरी कार्यालय गौशालाको टोलीले सुरक्षा दिएको छ । 

प्रहरी पहरा गणका प्रहरी निरीक्षक कृष्णदेव आउने भक्तजनलाई सहजरुपमा दर्शन गराएर पठाएको बताउनुहुन्छ । प्रहरीले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दर्शनमा प्राथमिकता दिएको जनाएको छ । नयाँ वर्षका अवसरमा पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, गोठाटारस्थित नवतनधाम, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

विसं २०८० को पहिलो दिन सार्वजनिक बिदा पनि भएकाले धेरै मानिस मठ मन्दिरमा भेला भएर दर्शन एवं पूजा, आराधना गरी नयाँ उमङ्गका साथ भेला भएको देखिन्छ । सडकमा विगतका दिनभन्दा कम सवारी साधन गुडेको देखिन्छ । सरकारी कार्यालयमा बिदा दिइएकाले पनि कम सवारी गुडेका हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर