नेभिगेसन मेनु

दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई
सम्पादक:南亚网络电视
समय:2023-04-11 14:06

3

नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उहाँलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गर्नुभएको हो । पुरस्कारको राशि रु २५ हजार रहेको छ । 

समारोहमा  केन्द्रको वार्षिक प्रकाशन ‘ज्ञानविन्दु’समेत लोकार्पण  गरिएको थियो । कार्यक्रममा कोषका संस्थापक, एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष एवम् कवि हरिहर अर्यालले विगतका वर्षमा पुरस्कृत व्यक्तित्वका बारेमा तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालले २०७९ सालमा पुरस्कृत प्रतिभा प्रभातको जीवनी, व्यक्तित्व र कृतिबारे प्रकाश पार्नुभएको थियो । ज्ञानबिन्दुबारे सम्पादकीय मन्तव्य केन्द्रका सदस्य तिलकप्रसाद लुइँटेलले राख्नुभएको  थियो भने सभामा प्रा शिवहरि मरहट्ठा, प्रा डा  सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र ईश्वरचन्द्र देवकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

यसअघि उक्त पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा. डा. तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा. डा. सुरेशराज शर्मा, प्रा डा. सुरेन्द्र केसी, पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसक्नुभएको केन्द्रले जनाएको छ । स्व दण्डपाणि अज्र्याल इतिहास, ज्योतिष, धर्मशास्त्र, समाजशास्त्रलगायत विषयका ज्ञाता हुनुहुन्थ्यो । दण्डपाणि र उहाँकी धर्मपत्नी नन्दकुमारीको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर