नेभिगेसन मेनु

विकट हरिनाशमा सडक निर्माण, धमाधम कालोपत्रे हुँदै
सम्पादक:南亚网络电视
समय:2023-04-10 14:53

Screenshot-2023-04-10-122746

देश संघीय संरचनामा गएपछि देशका अति विकट स्थानमा पनि विकास निर्माणका कामले गति लिएकाे छ । छ वर्ष पहिला गोरेटोबाटोको प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकाले सडक निर्माणमा फड्को मारेको छ । 

जिल्लाको विकट पालिका मध्येको हरिनाशमा पाँच वटा सडक योजना मार्फत एकै चोटी ३३ दशमलब ५ किलोमिटर कालोपत्रे हुन थालेको हो । पालिकाको कार्यालय रहेको चुलिडाँडालाई जोड्ने गरी सडक कालोपत्रेको कामले तीब्रता पाएको हो ।

यहाँ मिर्दी–क्याक्मी–भिमाद खण्ड (राते पहाडदेखि चित्रे हुँदै गिरकोट) १० किमीमा मध्ये सात किमी र दुलेगौडाँ हुँदै ढोर बराही–जुगिफाट–चिसापनी सडक १६ किमी मध्ये १३ किमी हरिनाशमा पर्ने सडक पूर्वाधार विकास कार्यालय, स्याङजाले काम अगाडि बढाएको हो । 

यस्तै, नौ किमी हरिनाशमा पर्ने घुम्ती चिसापानी हुँदै चित्रे सडकको काउले खुदी सालडाँडा खण्ड सडक डिभिजन कार्यालय पोखराले र दग्दीदेखि कुलुङखोला हुँदै दोभान सम्म पाँच किमी कालोपत्रेको काम पालिकाले अगाडि बढाएको हो । 

तनहुँको अरुणोदयबाट सुरु भएको मिर्दी–क्याक्मी–भिमाद सडक २९ करोड ८० लाख ४१ हजार ६६४ रुपियाँ ४२ पैसा ओयसिस इन्जिनियरिङ एण्ड बुइल्डर्स प्राइभेट लिमिटेड काठमाडौंले काम गरेको हो । साढे दुई वर्षमा सवा सात मिटर चौडाइको बाटो कालोपत्रे गर्ने गरी २०७६ मङ्सिर ८ गते निर्माण कम्पनीले सम्झौता गरेको थियो । 

समयमै काम नसकेपछि ओयसिसले आगामी बैशाख ३० गते सम्म म्याद थप गरेको र  काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । 

यस्तै, दुलेगौडाँ हुदै ढोरबराही–जुगिफाट–चिसापनी सडक गोल्डेन गुड ÷बाँनिया जेभि हेटौँडाले २०७७ जेठ १५ सम्झौता गरेर काम अगाडि बढाएको हो । प्रदेश सरकाको गाउँपालिका जोड्ने कार्यक्रम अन्र्तगत शाँखे हुँदै चुलिडाँडा पुग्ने सडक ३२ करोड ६५ लाख ४७ हजार १४९ रुपियाँ ७० पैसामा काम भइरहेको अर्यालले बताउनुभयो । उहाँले दुई वर्षमा काम सक्ने सम्झौता गरेकोमा एक वर्ष समय थप गरेर काम अगाडि बढाएको र आगामी जेठ ७ गते सम्म समय रहेको र ५५ प्रतिशत काम प्रगति रहेको बताउनुभयो ।

यस्तै, निर्वाचन क्षेत्र सडक कार्यक्रम अन्र्तगत घुम्ती चिसापानी हुँदै चित्रे सडक १८ करोड ८४ लाख ५० हजार १८० रुपियाँमा टुण्डी आरएस जेभिले २०७९ असार १९ गते २७ महिनामा काम सक्ने गरी सम्झौता गरेर काम अगाडि बढाएको हो । अस्पाल्ट प्रिमिक्स कालोपत्रे गर्ने गरी काम अगाडि बढेकोमा आठ महिनामा ३० प्रतिशत प्रगति भएको सडक डिभिजन पोखराले जनाएको छ । 

दग्दी –दोभान सडकको पाँच किमी मध्ये एक खण्ड तीन करोड २३ लाख २१ हजार रुपियाँमा चाम्पेस्वर सिमरन जेभि काठमाडौं, एक खण्ड तीन करोड ५३ लाख २२ हजार रुपियाँमा पराजुली कन्ट्रक्सन लम्जुङले काम गरेको छ भने डेढ किमी कालोपत्रे गर्ने गरी एक खण्ड टेण्डर पालिकाले गरेको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो । 

पालिकामा आगामी दुई वर्ष भित्र सबै वडा र सबै गाउँमा कालोपत्रे सडक पुग्ने गरी काम बढाएको मानन्धरले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर