नेभिगेसन मेनु

इनरुवा सेवा समाज गठन
सम्पादक:南亚网络电视
समय:2023-04-09 16:34

1

काठमाडौँ, चैत २६ गते । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न गम्भीर छलफल आवश्यक भएको बताउनुभएको छ। 

शनिबार राजधानीमा आयोजित इनरुवा सेवा समाजको गठन एवं नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देश र समाजले संविधान पाइसकेकोले भाषण मात्रै नभई व्यवहारमा देशको समुन्नति, विकास र समृद्धिको बाटोमा अग्रसर हुनसमेत अपिल गर्नुभयो। 

उहाँले पार्टीभन्दा देश र परिवारभन्दा समाजलाई प्राथमिकतामा राखेर सबै जातजाति, भाषाभाषी र सबै क्षेत्रको विकासमा केन्द्रित हुन आग्रह गर्नुभयो। “हाम्रो पुस्ताले पाएको जिम्मेवारी जनताले अनुभूत गर्न सक्ने भएकाले आआफ्नो ठाउँबाट विकास, संस्कृति, सभ्यतालाई अभिवृद्धि गर्न योगदान गर्नुपर्छ,” कार्कीले भन्नुभयो। उहाँले यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले इनरुवाको विकासमा सबै किसिमको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले)का नेता एवं सांसद भीम आचार्यले इनरुवा सेवा समाजले यस भेगको समग्र विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रममा समाजको तदर्थ समिति गठन गरिएको छ।  समाजको अध्यक्षमा गोपाल पोखरेल निर्विरोध चयन हुनुभएको छ भने उपाध्यक्षमा पुष्कर पोखरेल र विष्णु भट्टराई, महासचिवमा सुमन घिमिरे र सचिवमा सञ्जय अटल र कोषाध्यक्षमा पशुपति भण्डारी र सहकोषाध्यक्षमा सरला बस्नेत चयन हुनुभएको छ। 

यसैगरी समाजको कार्यसमिति सदस्यमा प्रकाश पोखरेल, कृष्णहरि शर्मा, देव निरौला, कौशल भट्टराई, निरज गुप्ता, राजन पोखरेल, मनोज चौधरी, श्रीकृष्णप्रसाद पोखरेल, वासु दाहाल, रश्मी राई र राजन पोखरेल चयन हुनुभएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर