नेभिगेसन मेनु

म्याग्दीबाट बसाइ सर्ने बढ्दो
सम्पादक:南亚网络电视
समय:2023-03-25 14:14

मादबमाद

म्याग्दी, चैत ११ गते । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा बेनी नगरपालिका क्षेत्रबाट बसाइ सरेर आउने भन्दा जानेको सङ्ख्या बढी देखिएको छ । 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालका अनुसार दुई सय ४२ जनाले बसाइ सरेर बेनी छाड्दै गर्दा एक सय ३२ जना मात्रै बेनी नगरपालिका भित्र बसाइ सरेर आएका छन् । बेनी नगरपालिका क्षेत्र भित्रको घटना दर्ताको तथ्याङ्क बारेमा जानकारी गराउँदै उहाँले भन्नुभयो पछिल्लो ८ महिनाको अवधिमा दुई सय ४७ ले नगरपालिका भित्र विवाह गरेका छन् । एक सय ८४ जनाको मृत्यु भएको नगरपालिका क्षेत्रमा ३९ जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।

पुरुष बच्चा जन्मदर उच्च भएको तथ्याङ्क अस्पतालमा देखिने भए पनि नगरपालिका क्षेत्रमा भएको जन्म दर्तामा भने दुई सय १४ बालक र दुई सय २३ बालिकाको जन्म दर्ता चालु आर्थिक वर्षको ८ महिनामा गरिएको छ ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई चौमासिकमा चार हजार सात जनालाई कुल तीन करोड ६९ लाख ५६ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता बापत वितरण गरेको छ । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७९-०८० को दोस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइको आयोजना क्रममा उक्त कुरा उहाँले बताउनु भएको हो । ढकालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पाँच सय २० जना बेरोजगार व्यक्ति सूचीकरण गरिएको बताउनुभयो । 

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १८ वटा योजना मध्ये १५ वटाको सम्झौता भई कार्यान्वयनमा पुगेको बताउनुभयो । चालु आवको ८ महिनाको अवधिमा सूचिकृत बेरोजगार ६५ जनालाई रोजगारमा संलग्न गराइएको समेत बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर