नेभिगेसन मेनु

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
सम्पादक:南亚网络电视
समय:2023-03-22 13:00

saligram-jamkatel

बागमती प्रदेश सभाको आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन्। 

मुख्यमन्त्री जम्कट्टेलले दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। 

केही हप्ताअघि केन्द्र सरकारमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए।

गएको पुस २६ गते बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी र राप्रपाको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र जलस्रोत सिँचाइ र उर्जा मन्त्रीका रूपमा उद्धव थापासहित मन्त्रिपरिषद् गठन भएको थियो।

वर्तमान मन्त्रिपरिषदबाट राप्रपा बाहिरिसकेको छ। नेकपा एमाले भने कुनै प्रतिक्रिया नजनाई सरकारमा सहभागी छ। 

बागमती प्रदेश सभाका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टी गरी ७ दलका ११० जना सांसद छन्। वर्तमान सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री जम्कट्टेललाई ५६ मत आवश्यक पर्दछ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर