आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलमा पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपाल नौ विकेटले विजयी भएको छ
जम्मा ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७ दशमलब ४ ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि कुसल भूर्तेल ३३ रन बनाएर आउट भए।
नेपालका आशिफ शेखले २१ बलमा ८ चौक्का र ३ छक्कासंगै नटआउट ५३ रन बनाए । त्यसैगरी कुसल मल्लले नट आउट १२ रनको योगदान दिए । यस अघि नेपालका सन्दीप लामिछानेले ५ , कुसल मल्ल र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए । त्यसैगरी सोमपाल कामीले एक विकेट हात पारे । यो जितसंगै नेपालले ३५ खेलबाट ३८ अंक बनाएको छ । तेश्रो स्थानमा रहेको ओमान भन्दा १ अंकले पछि रहेको छ । अव अन्तिम खेलमा यूएईलाई जिते नेपाल ४० अंक सहित तेश्रो हुँदै विश्वकप छनौट खेलमा जानेछ।