नेभिगेसन मेनु

एक अर्ब १४ करोड लागत अनुमान तयार
सम्पादक:南亚网络电视
समय:2023-03-02 14:09

thumb (4)

कालीकोट, फागुन १८ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्म कोटदरबारदेखि नरहरिनाथ गाउँपालिका–१ को कोटवाडास्थित सुनथराली विमानस्थलसम्म केबलकार निर्माण हुने भएको छ । मान्म कोटदरबार–सुनथराली केबलकारका बारेमा २०६४ सालबाट बहस भए पनि १५ वर्षपछि लागत अनुमानसहित प्राविधिक प्रतिवेदन तयार भएको छ । सो प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रतिवेदनमा केबलकार निर्माणका लागि जम्मा लागत एक अर्ब १४ करोड लाग्ने उल्लेख । दुई डिब्बा केबलकारमा एक पटक एक डिब्बामा १५ जनाका दरले ३० जना आउजाउ गराउन सकिनेछ । इन्जिनियर गुणराज ढकालले दुई हजार १३४ मिटर लम्बाइ रहेको भन्दै दुवैतर्फको माटो परीक्षण गर्दा अति उत्तम देखिएको बताउनुभयो । 

केबलकारको सम्भाव्यता अध्ययनका लागि स्विट्जरल्यान्ड र इटालीका प्राविधिकसमेत संलग्न थिए । मान्म कोटवाडा सुनथराली एयरपोर्टसम्म केबलकार निर्माण भएमा सुदूरपश्चिमको रामारोसन, बडीमालिका, त्रिवेणी पाटनलगायतका पर्यटकीय क्षेत्र र धार्मिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको छ । भर्खरै निर्माण सम्पन्न भएको सुनथराली एयरपोर्टबाट दैनिक उडान भर्नका लागि सहज हुने अपेक्षा छ । सडक सुधार भएमा पहाडी सडक भएकाले दुई घण्टा ३० मिनेट लाग्ने हुँदा विमानस्थल सञ्चालनका लागि पनि मान्म कोटवाडा–सुनथराली केबलकार अनिवार्य छ । 

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पालामा दुई आर्थिक वर्षको रातो किताबमा मान्म सुनथराली एयरपोर्ट योजना उल्लेख भए पनि भौतिक पूर्वाधार विकास कार्यालयले समयमा लागत अनुमान प्रतिवेदन तयार नगर्दा गत आर्थिक वर्षमा मात्र २० करोड बजेट फिर्ता गएको बताउनुभयो ।  कर्णाली प्रदेशका जलस्रोत ऊर्जा तथा सामाजिक विकासमन्त्री मङ्गलबहादुर शाहीले सरकारले बाटो देखाउने भन्दै काम कसरी अघि बढाउने भनेर जिल्लाका नागरिकले छलफल गरेर लगानीकर्तालाई ल्याउन सुझाव दिनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर