नेभिगेसन मेनु

प्रकाश र मेलिनाको कौडा भाका 'जुन माया' सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2023-02-23 13:32

Untitled-1

काठमाडौं, लोकगायक एवम् सर्जक प्रकाश दूतराजले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । कौडा भाकाको यो युगल गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ । 

गीतलाई प्रकाशले आफ्नो सुपरहिट गीत ‘घर कता हो बैनीको’को सिक्वेलका रूपमा स्रोता एवम् दर्शकसामु पेस गर्नुभएको हो । उहाँकै शब्द एवं सङ्गीत रहेको गीतमा सङ्गीत संयोजनको काम श्यामश्वेत रसाइलीको छ ।

भिडियोमा ‘घर कता हो बैनीको’ गीतकै कलाकारहरू प्रस्तुत छन् । प्रकाश दूतराजसँगै विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ । 

मौसम हिमालीको निर्देशन, अनिल के। मानन्धरको छायाङ्कन रहेको ‘जुन माया’ भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गर्नुभएको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर