नेभिगेसन मेनु

पश्चिमी वायुको प्रभावः यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना
सम्पादक:南亚网络电视
समय:2023-02-23 12:59

the_raining-1200x560

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले बिहान प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

त्यस्तै दिउँसाे प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर