नेभिगेसन मेनु

गाडी खोज्दा खुल्यो हत्या : आरोपमा श्रीमानसहित चारजना पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-02-22 16:04

1

विराटनगर, फागुन १० गते । आइतबार राति ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोज्दै हिँडिरहनु भएको थियो । अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेको बेला चालकहरू के गर्ने नगर्ने अन्योलमा थिए । कोसी अस्पतालभित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठानेर कतिपयले गन्तव्य सोध्दै भाडादर बताउँदै थिए । 

लास अस्पतालभन्दा बाहिर बुढीगङ्गा गाँउपालिका–२ को अमाहीस्थित नरसिंह चौधरीको घरबाट लैजानुपर्ने भनेपछि उक्त सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले रामलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्दा विराटनगर–१९ निवासी २८ वर्षीया प्रियङ्का सुनारको हत्या भएको खुल्यो । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार रामलाई नियन्त्रणमा लिएपछि उक्त घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिइएको हो । हत्या आरोपमा कटहरी–५ का ३५ वर्षीय उमेश सरदार, विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरी र विराटनगर–१९ का २९ वर्षीय रमेश साहलाई सोमबार नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्नेमध्ये साह हत्या गरिएकी प्रियङ्काका श्रीमान् भएको खुलेको छ । 

विराटनगर–१९ बाट प्रियङ्कालाइ श्रीमान् रमेशले चौधरीको घरमा लगेको देखिएको छ । साह त्यहाँ पुग्दा दुई जना व्यक्ति उमेश सरदार र श्रीराम चौधरी पुगिसकेको अनुसन्धानमा खुलेको छ । आफ्नी श्रीमतीलाई चौधरीको घरमा छोडेर साह फर्केपछि उमेश र श्रीरामले हत्या गरेको आरोप छ । 

घरधनी नरसिंह चौधरी बाहिर निस्केपछि दुई जनाले हत्या गरेर प्लास्टिकमा पोको बनाएर त्यही घरमा परालले छोपेर हिँडेको खुलेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । दिउँसो हत्या गरिएकी महिलाको लास व्यवस्थापन गर्ने जिम्मा कटहरीका रामलाई दिएकोले राति गाडी खोज्दै गर्दा पक्राउ गरिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर