नेभिगेसन मेनु

अनमोल केसी अभिनीत फिल्म 'छड्के २.०' को अडियाे एल्बम सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2023-02-22 16:01

1

फागुन १९ गतेदेखि रिलिज हुने फिल्म 'छड्के २.०' को अडियाे एल्बम सार्वजनिक भएको छ।६ हिप-हप गीत समावेश एल्बमले फिल्मको कथा र पात्रहरूको मनोभाव र परिस्थिति बोल्छ। ‘मेधा’ युट्युब च्यानलबाट अडियो ट्रयाक सार्वजनिक गरिएको हो।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायत कलाकारको अभिनय छ।निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा बनेकाे फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

यस्तो छ ‘छड्के २.०’ को अडियो ट्रयाक:-

‘ग्याङ्स्टा’: एल्बमको पहिलो गीत ‘ग्याङ्स्टा’ इडिएम (इलेक्ट्रोनिक डान्स म्युजिक) पप संगीतमा तयार पारिएको छ। यो गीतले फिल्मको टोन सेट गर्दछ। जो फिल्मको जनरासँग प्रभावित छ।

 एभिलाइभले कम्पोज गरेको हिप-हपमा न्यास्टीले पर्फम गरेका छन्। 

 ‘अख्खा’: फिल्मको चरित्र र कथावस्तुबाट प्रभावित ‘अख्खा’ मा न्यास्टीले स्वर दिएका छन्। रिवटकोबैनले कम्पोज गरेको गीतमा ब्राह्मीन, ग्रिजल र भिएसएक्स फिचर्ड छन्।

 ‘मेनडग’: मुख्य पात्र अनमोल केसीको चरित्र चित्रण गर्ने ‘मेनडग’ मा न्यास्टीले पर्फम गरेका छन् भने रिवटकोबैनको बिट कम्पोज गरेका हुन्।

 ‘सुराखी’: न्यास्टीकै आवाज रहेको गीतमा स्याक र पोंक ए फिचर्ड छन्। यो बिट रिवटकोबैनले कम्पोज गरेका हुन्।

 ‘मुला’: ‘मुला’ मा न्यास्टीले गाएको ब्यान्जर ट्रयाक हो। एल्बमको पाँचौं ट्रयाकमा एडविन बिट्सको कम्पोज रहेको छ।

‘बिरामी’:न्यास्टीको पर्फम र रिवटकोबैनको कम्पोज रहेको गीत अनमोलले निर्वाह गरेको मुख्य पात्र ‘मेनडग’ बाट प्रभावित छ। गीतले ग्याङ्स्टाको अँध्यारो पक्षलाई चित्रण गर्ने कोसिस गरेको छ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर