नेभिगेसन मेनु

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक‚ अरुण चौधरीको नाम समेटिएन
सम्पादक:南亚网络电视
समय:2023-02-22 15:36

काठमाडौँ — राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्‌को तर्फबाट ३३४ मतदाताको नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उक्त नामावलीमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको नाम भने समावेश गरिएको छैन । सरकारले गत शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई आममाफी दिएको थियो ।आममाफीको आधिकारिक जानकारी आइनसकेकाले उनको नाम नराखिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जनाए । चौधरीले आफ्नो दाबी‚ विरोध प्रस्तुत गरेमा उनको नाम समावेश गर्न सकिने प्रवक्ता पौडेलले जानकारी दिए ।आगजनी मुद्दामा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई ६/६ महिना कैद सजाय सुनाएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर