नेभिगेसन मेनु

राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग लिन्छ’
सम्पादक:南亚网络电视
समय:2023-02-21 15:04

rajendra-lingden-e1651645549687

बिर्तामोड, फागुन ९ गते । उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले सहभागी हुने बताउनुभएको छ ।  

आइतबार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा लिङ्देनले राप्रपाले राष्ट्रपतिमा सत्ता साझेदार दलको उम्मेदवारलाई मतदान गर्ने स्पष्ट पार्नुभयो  । 

राजतन्त्रको वकालत गरिरहेको राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग लिन्छ या लिँदैन भन्ने प्रश्नको जवाफमा उहाँले यस्तो स्पष्ट पार्नुभएको हो । आफ्नो पार्टीले संविधानका केही विषयमा आधारभूत रूपमै फरक मत राख्दै आएको भए पनि मुलुकको अवस्थाअनुसार विद्रोहको बाटो नरोजेर संविधान संशोधन बाटोबाट अघि बढ्ने उहाँको भनाइ थियो । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहनुभएका लिङ्देनले विद्युत् प्राधिकरणको मालिक अब नेपाली जनता हुने बताउनुभयो ।  छिट्टै प्राधिकरणको सेयर निष्कासन हुने र त्यसबाट प्राप्त रकम मुलुकका ठूला बूढीगण्डकी, दूधकोसी, तमोरजस्ता ठूला जलाशययुक्त बढी क्षमताका विद्युत् उत्पादनमा लगानी गर्ने बताउनुभयो । पाँचथर र ताप्लेजुङका साना विद्युत् आयोजनामा हाल वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली नागरिकलाई २९ प्रतिशत सेयर दिने तयारी भएको समेत लिङ्देनको भनाइ थियो  । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर