नेभिगेसन मेनु

अस्पताल उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेटौँडा आउँदै
सम्पादक:南亚网络电视
समय:2023-02-21 15:01

bidhya2023-02-21-10-35-05

राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउने भएकी छिन् । हेटौँडा– १ मा रहेको हेटौँडा अस्पतालको नयाँ भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेटौँडा आउन लागेकी हुन् ।

हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईंले राष्ट्रपति भण्डारीको हेटौँडा आउने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

उनले अस्पतालको नवनिर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति हेटौँडा आउन लागेको जानकारी दिँदै उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले राष्ट्रपति भण्डारी मध्याह्न पौने १२ बजे हेटौँडा आइपुग्ने समय तालिका रहेको जानकारी दिए ।

राष्ट्रपति भण्डारी हेटौँडा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर