नेभिगेसन मेनु

दमौली अस्पतालमा चौबिसै घण्टा सेवा
सम्पादक:南亚网络电视
समय:2023-01-18 13:16

damauli

 तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालले चौबिसै घण्टा चिकित्सा सेवा दिन थालेको छ। अस्पतालद्वारा माघ १ गतेबाट सेवा सुरु गरिएको हो।

राति उपचार गर्न आउँदा बिरामीले महँगो शुल्क तिरेर अस्पताल बाहिरको निजी ल्याब (प्रयोगशाला) जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सेवा सुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो।

सो समितिले आवश्यक कर्मचारीको व्यवस्थापन गरी सबै सेवालाई चौबिसै घण्टा विस्तार गरेको उहाँले जानकारी दिनुभयो। यसअघि आकस्मिक (इमरजेन्सी) चौबिसै घण्टा चले पनि अन्य सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्ने गरिएको थियो।

फार्मेसी इमरजेन्सीबाहेक अन्य सेवा चौबिसै घण्टा नहुँदा राति आउने बिरामीले ल्याब र एक्स–रे सेवा लिन बाहिर जानुपर्ने बाध्यता थियो। टिकट काउन्टर चौबिसै घण्टा खुला राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।

सो अस्पतालमा भर्ना हुन आएका र भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा चौबिसै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ भनेर यो सेवा सञ्चालन गरेका हौँ, अध्यक्ष थापाले भन्नुभयो।

त्यस्तै अस्पतालले सेवामा सुधार गर्न थालेको छ। अस्पतालले हाल विशेषज्ञ सेवालाई विस्तार गरेको छ। हरेक दिन छालाको रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, जनरल फिजिसियन, मेडिकल अधिकृत, हाडजोर्नी विशेषज्ञबाट सेवा प्रदान हुँदै आएको समितिले जनाएको छ। १५ शय्याको क्षमताको अस्पताललाई हाल ५० शय्या सञ्चालन गरिएको छ। 

अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुन सकेको छैन। १५ शय्या क्षमताको अस्पताललाई जग्गा नै प्रमुख कारक रहँदै आएको छ। अस्पतालसँग जोडिएको अन्य दुई सरकारी कार्यालयको जमिन भोगचलनलाई दिएर प्रदेश सरकारले स्तरोन्नति गर्ने कार्य अघि बढाएको छ।

अस्पतालको स्तरोन्नतिका लागि दमौली अस्पतालको उत्तरतर्फ सिमाना जोडिएको कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको हालको जग्गामध्ये दुई रोपनी आना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्वामित्वमा रहेको १.५ रोपनी गरी तीन रोपनी आठ आना जमिन भोगचलनका लागि प्राप्त भएको अध्यक्ष थापाले जानकारी दिनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर