नेभिगेसन मेनु

आदर्श समाज निर्माण गर्ने भक्तपुरे सांसदको प्रतिबद्धता
सम्पादक:南亚网络电视
समय:2023-01-15 12:58

1673744819_bhaktapur par member-1200x560

भक्तपुर जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेशसभा सदस्यहरूले आदर्श समाजको निर्माण आफूहरूको लक्ष्य रहेको बताएका छन्। राष्टिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरले आफूहरूको सम्मानमा शनिबार आयोजित बधाई, शुभकामना तथा मानब अधिकारबारे सचेतना कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्।

संघीय सांसद सुरेश परियारले आदर्श समाजको निर्माण नै आफूहरूको अन्तिम लक्ष्य भएको बताए। यही लक्ष्य पूरा गर्न आफूहरू लागिपर्ने प्रतिवद्धता उनले जनाए। उनले आफूहरूलाई संसदमा जनताले पुयाउनुको कारण नै आदर्श समाजको निमार्णका लागि भएको बताए।

कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक दुवैबाट निर्वाचित सांसदहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा उनीहरू सबैलाई राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भवानीप्रसाद खरेलले दोसल्ला ओढाई प्रमाणपत्र वितरण गरेर सम्मान गरेका थिए।  

भक्तपुरबाट संघीय र प्रदेश गरी कुल १४ जना निर्वाचित भएका थिए। भक्तपुरमा प्रत्यक्षतर्फ दुईजना र प्रदेशतर्फ चारजना सांसदहरू निर्वाचित भएका थिए। कार्यक्रममा संघीयतर्फ एकजना र प्रदेशतर्फ पाँचजना सांसद बधाई खान पुगेका थिए।  

संघीयतर्फ भक्तपुर क्षेत्र न १ मा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट दुलर्भ थापा प्रत्यक्षमा निर्वाचित भएका थिए। यस्तै प्रदेशतर्फ भक्तपुर क्षेत्र नं १ (क) चाँगुनारायणमा नेपाली कांग्रेसबाट सुरेश श्रेष्ठ, १ (ख) भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाई निर्वाचित भएका थिए। त्यस्तै भक्तपुर क्षेत्र नं २ (क) सूर्यविनायकमा नेकपा एमालेबाट किरण थापा र २ (ख) मध्यपुर थिमिमा नेकपा एसबाट डा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका थिए।  

यसबाहेक यहाँ संघतर्फ समानुपातिकमा नेपाली कांग्रेसबाट रमा कोइराला र राष्टिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार निर्वाचित भएका थिए। साथै प्रदेशतर्फ नेपाल मजदुर किसान पार्टीबाट सृजना सैंजु र गीता काफ्ले, नेकपा माओवादी केन्द्रबाट देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ तथा नेकपा एमालेबाट सुलोचना श्रेष्ठ राजभण्डारी समानुपातिकबाट निर्वाचित भएका थिए। कार्यक्रममा सम्मानित सांसदहरू तथा आयोजक प्रतिष्ठानका जिल्ला अध्यक्ष डा. राजेन्द्र कोजुलगायतले मानव अधिकारको महŒवबारे चर्चा गरेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर