नेभिगेसन मेनु

भूकम्प सुरक्षा दिवसमा विपद व्यवस्थापन सम्बन्धी प्रदर्शनी हुने
सम्पादक:南亚网络电视
समय:2023-01-11 16:08

321300656_771936900957223_2333315888120756086_n

काठमाडौं, पुस २७। हरेक बर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यस बर्षको मूल समारोह काठमाडौँको कमलपोखरीमा हुने भएको छ। आज राष्ट्रिय सभा गृहमा बसेको व्यवस्थापन उपसमितिको बैठकले कार्यक्रम व्यवस्थापनका विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले, दिवस अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले बर्षैभरि नियमित सञ्चालन गर्ने बताइन्। विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर काम हुनेछ। नागरिकलाई जानकारी र सूचना दिन काम गरिनेछ। उपप्रमुख डंगोलको भनाइ थियो।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मानिसहरुले भूकम्प विसिँदै गएर भवन संहिता पालनामा पनि लापर्वाह गर्न थालेको बताए। २०७२ सालको भूकम्पले नभत्किएका भवनहरुको उचाई त्यसबेला घरधनी आफैँले घटाउन थालेका थिए। त्यसबेला घटाएको उचाई अहिले आफैँ बढाएका छन्। उनले बताए, ‘हामीले अनधिकृत संरचना आफैँ व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरेका छौँ । अटेर गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरेको थियो। बैठकले यस बर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ। गएको बर्ष यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन । ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ ०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारा थियो।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ। २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर