नेभिगेसन मेनु

रात्रिबसको पार्किङ नयाँ बसपार्कमा मात्रै
सम्पादक:南亚网络电视
समय:2022-12-22 17:19

3781edb0-6f39-4e9a-8965-68a8fb15428522122022121111

काठमाडौँ– रात्रिबस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने भएको छ।

ट्राफिक प्रहरीले सरोकारवालासँग छलफल गरी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबसका लागि यस्तो व्यवस्था गरेको हो।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेन्द्रप्रसाद भट्टले रात्रिबस नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको बताए।

“ललितपुरको ग्वार्कोमा फ्लाई ओभर बन्न लागेसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारी साधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाएका हौँ”, प्रवक्ता भट्टले भने। यसअघि चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, गोँगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ गरिँदै आएका थिए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढङ्गले सेवा दिनुपर्ने बताए। “यसमा यातायात व्यवसायीलाई कुनै आपत्ती छैन, रातको समयमा व्यवस्थित तवरले चढाउने/झार्ने गर्नसके यात्रुलाई समेत सहज हुन्छ”, उनले भने। अध्यक्ष स्वाँरले कार्यालय समयबाहेक चक्रपथ वरपर सहज ढङ्गले चढाउने/झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण बनाउनुपर्ने बताए।

ट्राफिक जरिवना रकम ५०० बाट एक हजार ५०० बनाएको भन्दै उनले आपत्ति जनाए। यातायातलाई व्यवस्थित बनाउन अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने उनको भनाइ छ। २०५६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालनमा ल्याइएको नयाँ बसपार्कमा दुई हजारभन्दा बढी सवारी साधन अटाउँछन्।

उक्त बसपार्कबाट हाल देशभर ६० भन्दा बढी जिल्लामा सवारी साधन आवतजावत हुँदै आएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर