नेभिगेसन मेनु

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनु सरकारको राम्रो निर्णय: ओली
सम्पादक:南亚网络电视
समय:2023-01-12 12:57

1659703011_kp sharma oli-1200x560

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उनले सञ्चारकर्मी माझ सो प्रतिक्रिया दिएका हुन्।

अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गर्नु भएको स्मरण समेत गराए।

उनले भन, ‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नु भयो। जुन नेतृत्व गर्नु भयो। र, देश एकीकृत भयो। एकीकरण भयो। एउटा देश भयो। नेपाल भयो। हामी नेपाली भयौं। त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुशीयालीमा सरकारले विदा दियो। पहिलो पटक होला यो सन्दर्भमा।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर