नेभिगेसन मेनु

बालकोटमा सहमति: पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री
सम्पादक:南亚网络电视
समय:2022-12-25 18:23

320768964_864870774781205_6485775487429078019_n1671958260

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको छलफलमा ६ दलको नेतृत्व गर्दै प्रचण्ड प्रधनमन्त्री बन्ने भएका हुन्। 

सत्ता गठबन्धनबाट प्रधानमन्त्री नबन्ने देखिएपछि माओवादी अध्यक्ष प्रचण्ड आइतबार दिउँसो नयाँ समीकरण जुटाउन बालकोट पुगेका थिए। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी नछाडेपछि सत्ता गठबन्धनको यात्रा टुंगिएको भन्दै प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकबाट बाहिरिएका थिए। 

अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबेदारी पेस गर्ने तयारी गरिएको छ। 

राष्ट्रपति भण्डारीले गत आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समयसीमा आज (आइतबार) अपराह्न ५ बजे सकिँदैछ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर