नेभिगेसन मेनु

नारायणगढ–मुग्लिङ सडक माघ १ गते सम्मका लागि दैनिक चार घण्टा बन्द
सम्पादक:南亚网络电视
समय:2022-12-25 15:02

-15248-8

काठमाडौं, पुस १०। नारायणगढ–मुग्लिन सडकखण्ड एक महिना सम्मका लागि दैनिक चार घण्टा बन्द हुने भएको छ। 'क' खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नुपर्ने हुदा सवारी आवागमनमा दैनिक चार घण्टा राेक लगाइएकाे नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले बताए। पुस १ गते देखि माघ १ गते सम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने, उनले बताए। चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको हो। 'यो एक महिनासम्मका लागि दैनिक चार घण्टा बन्दा गरिएको हाे। पुल निमार्ण सम्पन्न भएपछि पुनः सञ्चालन हुन्छ',उनले भने।

उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकाे र नौ वटाको काम सम्पन्न भइसकेको छ। नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ।

काठमाडौँतर्फबाट जाने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ। काठमाडौँतर्फबाट जाने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ। बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारीलाई अनुकूलता हेरी छोडिनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर