नेभिगेसन मेनु

अनधिकृत संरचनाहरू नहटाइएपछि प्राधिकरणले आफैंले हटाउने तयारी गर्दै
सम्पादक:南亚网络电视
समय:2023-01-11 12:26

thumb (2)

काठमाडौँ — काठमाडौं उपत्यकाभित्र मापदण्ड मिच्ने अनधिकृत संरचनाहरू खाली गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले जारी गरेको ३५ दिने म्याद सकिएपश्चात धोबीखोला क्षेत्रबाट हटाउन सुरु गर्ने भएको छ ।

बल्खु खोलाको मापदण्ड मिचेर बनेको घर र विष्णुमती खोलाकिनारमै बनेको ग्रान्डी टावर । तस्बिर स् विद्यारकान्तिपुर

‘सूचना मात्रै निकालेर भएन, उहाँहरू आफैलाई हटाउन दिएको म्याद सकिएको अवस्थामा उहाँहरुबाट काम नभएपछि हामीले ‘एक्सन’ थाल्ने भयौं,’ प्राधिकरणकी आयुक्त जानुका ढकालले भनिन्, ‘धोबीखोलामा १५र२० ठाउँ सरकारी जग्गा मिचिएको स्रेस्ता आएको छ, भोलिदेखि हटाउनुपर्ने ठाउँमा कर्मचारी साथीहरू चिह्न लगाउन जाँदै हुनुहुन्छ, चिह्न लगाउँदै हटाउँदै जान्छौं, यसमा स्थानीय तहका जनप्रतिनिधिहरूबाट पनि सहकार्य हुने प्रतिबद्धता आएको छ ।’

अनधिकृत संरचना हटाउन अल्टिमेटम

धोबीखोला, बल्खुलगायत उपत्यकाका विभिन्न स्थानमा सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्ड मिचेर सानाठूला घर संरचना, व्यापारिक कम्प्लेक्स, वाललगायत निर्माण गरिएको जानकारी आएपछि प्राधिकरणले ती अनधिकृत संरचना हटाउन सुचना निकालेको थियो । अटेरी गरे प्राधिकरणले हटाउने र त्यसबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति र संस्थाबाट उठाउने जनाइएको छ ।

अढाइ महिनाअघि कान्तिपुर दैनिकले ‘खोलाकिनारमा ‘अवैध’ आवास’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । संवाददाताले ‘गुगल अर्थ प्रो’ मा पहिचान भएका ९५ वटा कोलोनी, अपार्टमेन्ट, हाउजिङ लगायत योजनामध्ये ४१ प्रतिशत अनधिकृत पाएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर