नेभिगेसन मेनु

कुकुर र बिरालोलाई भ्याक्सिन तथा बन्ध्याकरण गर्न महानगरपालिकाबाट संघ संस्थालाई आव्हान
सम्पादक:南亚网络电视
समय:2022-12-29 16:35

321421552_853196712469907_127122564085032178_n

काठमाडौँ पुस १३। आफ्नो कार्य क्षेत्रभित्र भएका कुकुर र विरालालाई खोप लगाउन तथा बन्ध्याकरण गर्न काठमाडौँ महानगरपालिकाले इच्छुक संघ संस्थालाई आव्हान गरेको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक बर्ष २०७९÷०८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क राख्न अनुरोध गरेको छ। 

बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय रुपैयाँ प्रति गोटा र खोप भ्याक्सिनको मात्र २ सय रुपैयाँ प्रति गोटा रहेको सूचनामा उल्लेख गरिएको छ ।

इच्छुकले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागज तथा सम्झौता भए त्यसको प्रतिलिपि, साधन तथा उपकरणको विवरण, संघ संस्था दर्ता तथा नविकरण भएको प्रमाण पत्र, विधानको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको पत्र, संस्थाले अहिलेसम्म कुकुर र विरालोको भाले पोथी दुवैको बन्ध्याकरण गरेको संख्यालगायत विवरण र कार्ययोजनासहितको प्रस्ताव बुझाउनु पर्नेछ। संस्थामा अनुभवी पशु चिकित्सक भएको प्रमाण पत्र, पशु ओसार पसार गर्न प्रयोग हुने सवारी साधनको ब्लुबुक र भाडामा भएको भए सम्झौताको प्रतिलिपि, कुकुर विरालो समात्ने जनशक्ति तथा बन्ध्याकरण गर्ने जनशक्तिको अनुभव पेश गर्नुपर्छ। संस्थाले यस बन्ध्याकरण तथा खोप कार्यका लागि कति योगदान गर्न सक्छ, यस सम्बन्धी प्रतिवद्धता प्रस्तावका साथमा पेश गर्नुपर्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर