नेभिगेसन मेनु

काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु
सम्पादक:南亚网络电视
समय:2022-12-23 18:54

Kathmandu_City_on_lockdown

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ। काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले राससलाई जानकारी दिए।

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने ढकालको भनाइ छ। गुरुयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ। यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ।

एकीकृत योजनाअनुरुप काम भएरनभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्ने छ। एकीकृत योजना बनाउन ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

एक महिनाअघिदेखि सुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर