नेभिगेसन मेनु

५ किलो कोकिनसहित २ जना विदेशी महिला ठमेलबाट पक्राउ
सम्पादक:南亚网络电视
समय:2022-12-23 18:49

kokin_O9QSdhn47L

काठमाडौंको ठमेलबाट लागुऔषध नियन्त्रण ब्यूरोले कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ । युक्रेन र थाइल्याण्ड घर भएका दुईजना महिलालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा युक्रेन घर भएकी ३२ वर्षीया डारिया एन्जोनिन्को र थाइल्याण्ड घर भएकी आरिया फोनोक छन् । पुस ६ मा ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी युक्रेनी महिलाको साथबाट ब्यूरोको टोलीले ५ किलो ६ सय ग्राम कोकिन बरामद गरेको छ ।

ठमेलस्थित होटलबाट पक्राउ परेकी डारियाको बयानको आधारमा सो कोकिन लिन आउने आरियालाई प्रहरीले पक्राउ गरेको हो । आरिया बैंककबाट काठमाडौं आएकी हुन् । ब्राजिलबाट काठमाडौं ल्याएको कोकिन कारोबारीहरुले बैंकक लान खोजेको अनुसन्धानबाट थाहा भएको एसएसपी खनालले जानकारी दिए । थाई नागरिक आरिया पुस ७ मा पक्राउ परेकी हुन् ।

आरोपीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ । ५ केजी ६ सय ग्राम कोकिनको बजार मूल्य १२ करोड ९ लाख छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर