नेभिगेसन मेनु

फोहाेर व्यवस्थापनमा कुनै समस्या छैन : महानगर
सम्पादक:南亚网络电视
समय:2022-12-23 17:41

321303163_673971614207433_420888015275213000_n

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहाेर व्यवस्थापनको काम नियमित रूपमा भइरहेको स्पष्ट पारेको छ। 

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहाेर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमित रूपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन्। 

उनले भने, ‘फोहाेर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन। जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्।’ 

प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहाेर व्यवस्थापन भइरहेको छ। उपत्यकाका १८ स्थानीय तहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहाेर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ।

तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहाेर निस्किने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत फोहाेर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो। अहिले निजी र कामपाका करिब दुई सय गाडीले दैनिक फोहाेर व्यवस्थापन गर्दै आएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर