नेभिगेसन मेनु

नयाँ चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउँदै
सम्पादक:南亚网络电视
समय:2022-12-21 17:36

thumb (4)

काठमाडौँ — नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि कूटनीतिज्ञ छन् पुस ११ गते आउन लागेका हुन् ।

छन् अहिले चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत छन् ।

छन्ले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका छन् । चीनले नेपाललाई प्राथमिकता राख्दै आएको छ ।नेपालका लाति निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिना अघि फर्किएपछि राजदूतका रुपमा छन् आउन लागेका हुन् ।

नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञ हुन् ।

होउले नेपालमा चारवर्षे कार्यकाल पूरा गरेर फर्केकी हुन् । नयाँ राजदूत छन्को एग्रिमो (सहमति) का लागि पठाएर नेपालले स्वीकृति गरिसकेको र अब जिम्मेवारी सम्हाल्न आउन लागेका हुन् । राजदूत छन्ले अब नेपाल आएर राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाएर काम सुरु गर्ने छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर