नेभिगेसन मेनु

स्काभेटर र लोडरको प्रयोग गरेर विष्णुमती नदीको सफाइ
सम्पादक:南亚网络电视
समय:2022-12-10 17:15

 

bishnumati-nadi_7iuxcAqy6e

 

महानगर दिवसका सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी खण्डको सरसफाई भएको छ। कालीमाटी पुलमा भेला भएर तल्लो भेग र माथिल्लो भेग तथा दायाँ र बायाँ खण्डको सफाइ गरिएको थियो। सफाइका लागि नदी भित्र स्काभेटर र बाहिर लोडरको प्रयोग गरिएको छ।

कार्यक्रम थालनी गर्दै वातावरण समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले नदीलाई स्वच्छ बनाउन थालिएको यो अभियान सांकेतिक रहेको बताए। ‘यसबाट नदीमा फोहोर गर्न हुन्न भन्ने सन्देश दिन खोजेका छौँ। यससँगै नदी सफाइलाई नियमित गर्नेछौँ।’ उनले भने।

नागरिक सचेतना र व्यवस्थित विकास मिलाएर नदीको पवित्रता कायम गर्न सकिने बताउँदै उनले यसमा सबैको सहभागिता हुनुपर्ने वडा १४ का अध्यक्ष सुमन श्रेष्ठले बताए।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यसपछि सामुदायिक विद्यालय, सम्पदा क्षेत्र लगायतका स्थानको सफाइ गर्ने कार्यक्रम छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर