नेभिगेसन मेनु

काठमाडौँ महानगरले फोहर न्यूनीकरण अभियान थाल्ने
सम्पादक:南亚网络电视
समय:2022-12-09 10:29

Solid-waste-management-Kathmandu-NT-5

फोटोः हिमाल खबर

काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरू गरेको छ।

महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।

महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। 

महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको भनेको छ।

‘काठमाडौं महानगरपालिकाले घरबाट निष्कासन हुने कुहिने फोहोरलाई स्रोतमा वर्गीकरण गरी घरमा नै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण महानगरवासीलाई सूचित गरिन्छ’, सूचनामा भनेको छ, ‘साथै सो कार्य प्रोत्साहन गर्न सहुलियत दरमा कम्पोस्ट बिन काठमाडौं महानगरवासीलाई वातावरण तथा कृषि विभाग, टेकूबाट एक हजार ५ सय रूपैयाँमा उपलब्ध गराउने यसै सूचना मार्फत जानकारी समेत गराइन्छ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर