नेभिगेसन मेनु

चितवनमा पिकअप र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-12-08 19:04

mrityu_MFE668QqBu

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन्। आज बिहान १०:१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना४१प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१च१६८२ नंको  पिकअप गाडी  ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्। 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक  विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन्। मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम छ।

पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते भएका छन्। घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर