नेभिगेसन मेनु

परीक्षाफल ढिला हुँदा विद्यार्थी आन्दोलित
सम्पादक:南亚网络电视
समय:2022-11-08 11:33
blog

  पठनपाठन चलिरहेका बेला धादिङस्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू अकस्मात् प्लेकार्ड लिएर क्याम्पस प्राङ्गणमा उभिए। 

प्लेकार्डमा लेखिएको थियो, ‘खै रिजल्ट मुसाले खायो, खै मुसो टीयूभित्र पस्यो,’ ‘सङ्ख्यामा विश्वमै एक नम्बर, गुणस्तरमा विश्वमै अन्तिम,’ ‘शिक्षामा राजनीति गर्न पाइँदैन, यस्तो विश्वविद्यालय चाहिँदैन,’ ‘विश्वविद्यालयमा राजनीति बन्द गर, विद्यार्थीको भविष्यमाथि खेलबाड नगर।’

स्नातक तह प्रथम वर्षको परीक्षा दिएको डेढ वर्ष हुनै लाग्दा समेत नतिजा नआएपछि विश्वविद्यालयको ढिलासुस्ती र लापरबाहीविरुद्ध विद्यार्थीहरू आन्दोलित भएका हुन्।

विद्यार्थीले क्याम्पस प्राङ्गणमा उभिएर प्लेकार्ड प्रदर्शन गर्दै साङ्केतिक रूपमा विरोध गरेका हुन्। शिक्षा शास्त्र सङ्कायको नजिता दशैँअघि नै आइसक्दा समेत व्यवस्थापन सङ्कायको नतिजा अझै आउन सकेको छैन। 

प्लेकार्ड बोकेका विद्यार्थी कविता श्रेष्ठले आक्रोशित हुँदै भन्नुभयो, “प्रथम वर्षको परीक्षा दिएपछि, दोस्रो वर्ष अध्ययन सकेर परीक्षासमेत दिएर तेस्रो वर्ष अध्ययन गर्न थालेको दुई महिना भइसक्यो तर पनि पहिलो वर्षको नतिजा आएको छैन। यस्तो पनि विश्वविद्यालय हुन्छ ?” 

हाल तेस्रो वर्षमा अध्ययन गरिरहेका ती विद्यार्थीले भन्नुभयो, “परीक्षा दिएपछि त समयमा नतिजा आउनुप¥यो नि। यही पाराले चार वर्षको स्नातक तहको नतिजा आउन आठ वर्षसम्म कुर्नपर्ने स्थिति देखियो।”

नीलकण्ठ बहुमुखी क्याम्पसका स्ववियु सहसचिव कविराज श्रेष्ठले नतिजा सार्वजनिक गर्न ढिलाइ गरेर त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको जीवन र करिअरमै खेलबाड गरेको आरोप लगाउनुभयो। 

श्रेष्ठको भन्नुभयो, “परीक्षा दिएको डेढ वर्ष हुनै लाग्दा समेत नतिजा नआउनुमा त्रिभुवन विश्वविद्यालयको गैरजिम्मेवारीपूर्ण काम हो।” यो महिनाभित्र पनि नतिजा सार्वजनिक नभए देशभरका विद्यार्थी मिलेर विश्वविद्यालय घेर्न जाने श्रेष्ठले दाबी गर्नुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर