नेभिगेसन मेनु

बाग्मती प्रदेशमा आज ५ मन्त्री थपिँदै
समय:2021-12-24 05:16

काठमाडौं । बागमती प्रदेशमा आज मन्त्रीमण्डल बिस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।

उनले काँग्रेसबाट ५ मन्त्री सरकारमा लानेछन् । जसमा ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको बताइएको छ । बाग्मतीका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले आज तेस्रो पटक नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् । यसअघि काँग्रेसका मन्त्रीहरु सरकारमा सहभागी भएका थिएनन् । जसका कारण काँग्रेसको भागमा परेका मन्त्रालयहरु खाली थिए ।

कुन मन्त्रालयमा को मन्त्री आउने भन्नेबारे खुलेको छैन । यद्यपि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि मन्त्री नियुक्त हुने बुझिएको छ ।

बाग्मती प्रदेश काँग्रेस र्ससंसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको टुंगो लगाउनेछन् ।

यसअघि नै बाग्मतीमा १२ मन्त्रीहरु नियुक्त भइसकेका छन् । आज ५ मन्त्री थपिएसँगै बाग्मतीमा मन्त्रीमण्डलको संख्या १७ पुग्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर