
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुबाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
सोमबार बिहान धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस चालकले नियन्त्रण गुमाई सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार ३३ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनभुभयो ।
दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–११ का ३९ वर्षीय शिवदत्त राना, दार्चुला मालिका अर्जुन गाउपालिका–२ का ३२ वर्षीय केशव धामी, उहाँकी छोरी ९ वर्षीया प्रतिक्षा, दार्चुला लेकम–५ का ३४ वर्षका दयाकृष्ण जोशी, दार्चुला मार्मा–२ का १४ वर्षीया नविना भट्ट, बैतडी दौगडा केदार–५ का ७८ वर्षीया धाना चन्द, उहाँका छोरा ३९ वर्षका प्रेमबहादुर चन्द, कैलाली गोदावरी–१० का ३७ वर्षका डम्वरबहादुर माली, डडेल्धुरा अजयमेरु–३ का ३२ वर्षीय महेश पाण्डे, दार्चुला दुहु–४ का २० वर्षीय रोहीत लोथेल, कैलाली गोदावरी–२ का १९ वर्षीय खेमा मल्ल र उहाँकी दिदी २८ वर्षीया शोभा घाइते हुनुभएको पण्डितले जानकारी दिनुभयो ।
त्यस्तै कञ्चनपुर कृष्णपुर–२ की २० वर्षीया जेनी राना, डोटी शिखर–११ का ३० वर्षीय बसन्त बलायर, अछाम चौरपाटी–२ का १७ वर्षीय अमित साउद, बैतडी पुर्चौडी–१ बस्ने बर्ष ३१ का राजेन्द्र जोशी, उहाँकी श्रीमती ३० वर्षीया भागरथी, २ वर्षकी छोरी रेणुका, धनुषा मुखियापट्टी मुसहरमिया–५ का १८ वर्षका भानु यादव, दार्चुला लेकम–५ का २८ वर्षीय रमेश जोशी र उहाँकी ७ वर्षीया भतिजी श्रूती जोशी घाइते हुनुभएको छ ।
अन्य घाइतेहरुमा बैतडी मेलौली–२ का २१ वर्षीय महेश बि.सी, डडेल्धुरा नवदुर्गा–३ का बर्ष ४२ का डम्वरसिंह साउद, अमरगढी–४ का ४० वर्षीया गिता कठायत र २० वर्षीया रक्षा कठायत, कैलाली घोडाघोडी–२ का २२ वर्षीया चाँदनी खत्री, धनगढी–४ का २० वर्षीया जानु चौधरी, डडेल्धुरा भागेश्वर–३ का २० वर्षीया पुष्पा भाट र २३ वर्षीया पवित्रा रावल, कञ्चनपुर दोधारा चाँदनी–२ का २५ वर्षकी प्रिया साउद, डोटी सिलगढ–१० का १८ वर्षका अंकित यादव, डोटी सिलगढ–१० का २४ वर्षीया ज्योती बुडाल र उहाँका १५ वर्षका भाइ धिरज हुनुहुन्छ ।
सडकमा पल्टिएको बस दुर्घटनास्थलबाट उठाइ सडकमा साइड लगाइ राखिएको छ । बसका चालक कैलाली लुम्कीचुवा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।


















