
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते । हिमालय अर्गनाइजेसन अन्तर्गत नेपालका लागि ‘म्याक्सस’ कम्पनीको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले प्रिमियम सुविधायुक्त १६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस इ–डेलिभर ५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस गाडीको बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। यो गाडी विशेषगरी होटल, रिसोर्ट, पर्यटन क्षेत्रको आतिथ्य सेवा तथा व्यावसायिक यातायात क्षेत्रका लागि अत्यन्तै उपयुक्त विकल्प रहेको कम्पनीले जनाएको छ। यसअघि यसै कम्पनीले बजारमा ल्याएको‘ म्याक्सस इ–टेरोन ९ पिकअप पनि आकर्षक र बोल्ड डिजाइनका कारण नेपाली बजारमा निकै लोकप्रिय बन्दै आएको छ।
नयाँ मिनिबसको अनावरण हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा तथा प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा गरेका थिए । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल सिवाकोटीको पनि उपस्थिति रहेको थियो।
यी गाडीमा प्रिमियम इन्टेरियर र प्रविधि रहेको छ छ । गाडीभित्र १२ दशमलव ३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली जडान गरिएको छ, जसले ब्लुटुथ, युएसबी , वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई समर्थन गर्छ। यसका साथै चार तहको समायोजन गर्न मिल्ने स्टेरिङ, आकर्षक ककपिट र स्टेरिङ माउन्टेड स्विचगियर जस्ता सुविधाहरूले यात्रालाई सहज बनाउँछन्। यसमा ६४ किलोवाट आवर क्षमताको क्याटल ब्याट्री जडान गरिएको छ। यसले एकपटकको पूरा चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने एनइडीसी परीक्षणमा उल्लेख छ। गाडीले अधिकतम १२० किलोवाट पावर र २४० न्युटन मिटर टर्क उत्पादन गर्छ। गाडीमा ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसको सहयोगले ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट मात्र लाग्छ।
यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै ३६० डिग्री राउन्ड भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एड्याप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ र ड्राइभर स्टेट मोनिटरिङ जस्ता उन्नत प्रणालीहरू समावेश गरिएका छन्। साथै, एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम पनि उपलब्ध छन्। यस्तै यसमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स हुनुका साथै सबै चक्काहरूमा एल्युमिनियम ह्विल राखिएको छ। वारेन्टी तथा बिक्रीपछिको सेवाविश्वविख्यात एसएआईसी ग्रुपको म्याक्सस कम्पनीद्वारा चीनमा उत्पादित यी सवारी साधनहरू गुणस्तर र विश्वसनीयतामा अब्बल मानिन्छन्। यस मिनिबसको ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी प्रदान गरिएको छ। कम्पनीको सोरुम काठमाडौंको हात्तीसारमा रहेको छ। हिमालय मोट्रोक्सले आधुनिक सवारी साधनहरूको बिक्रीसँगै देशैभर सुविधासम्पन्न बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


















